Section 92
सम्मानको खातिर स्वीकृति
विनिमयेपत्र स्वीकार गर्न इन्कार गरेको वा थप सुरक्षण दिन इन्कार गरिएको कुरा नोटरी पब्लिकद्वारा प्रमाणित गराइएकोमा सो विनिमेयपत्र प्रति उत्तरदायी नभएको कुनै व्यक्तिले धारकको स्वीकृति लिई विनिमेयपत्रका कुनै पक्षको सम्मानको खातिर त्यस्तो विनिमेयपत्र आफूले स्वीकार गर्न सक्नेछ ।